Paywear Banner Desktop
Paywear Banner Desktop

एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

उद्घाटन मन्तव्यको क्रममा बोल्दै अध्यक्ष ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘सरकारले एमालेमाथि निर्मम हमला भएको छ । अब सरकारले फेरि हमाल गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महङ्गो पर्न सक्छ ।’

आफू गिरफ्तार हुँदा सयौं कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपीट गरेको औंल्याए ।

उनले भने, ‘पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनु पर्छ । सबै तयार हुनु । यो सरकारले कुनबेला के गर्छ भर छैन ।’

ओलीले सम्मानित अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार देखाएको बताए ।

राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अध्यक्ष ओलीले बेलाबेला अदालतलबाट संसद सम्बन्धी आफूखुसी गरेको फैसलालाई स्वीकार्दै आएको औंल्याउँदै अहिले किन चुप भनेर अदालतप्रति प्रश्न गरे ।

उनले भने, ‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफू अनुकुल फैसला भइरहेको देखेकै हो । हामीले स्वीकार्दै आएका हौं । अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ । तर अदालतले प्रतिनिधि सभा संबैधानिक होइन जस्तो गरेको छ । कुनै फैसला गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!