Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर लुम्बिनी लायन्स फाइनलमा पुगेको छ ।

जितका लागि पाएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। जसमा निरोशन डिक्वेलाले ५९ रन जोडे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन बनायो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकी पारी खेल्दै ५२ र इशान पाण्डेयले २७ रनको योगदान गरे। लुम्बिनीका शेर मल्ल र रूबेल ट्रम्पलमेनले २र२ विकेट लिए ।

पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउनेछ ।

इलिमिनेटरमा भोलि काठमाण्डौ गोर्खाज र चितवन राइनोज खेल्नेछन् । फाइनल खेल मंसिर ५ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी १
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!