Paywear Banner Desktop
Paywear Banner Desktop

जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने बताएकी छन्।

घाइते शान्तनु ढकालको त्रिवि शिक्षण अस्पतालमा भइरहेको शल्यक्रियाबारे आफू निरन्तर जानकार रहेको उल्लेख गर्दै मन्त्री मेहताले कुनै पनि घाइते आर्थिक अभावका कारण आवश्यक उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिने बताएकी हुन्।

सामाजिक सञ्जालमा घाइतेहरूको उपचारबारे व्यक्त भइरहेका चासो र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने व्यवस्था रहेको स्पष्ट पारेकी छन्।

उनका अनुसार घाइतेहरूको उपचार प्रचलित कानुनी व्यवस्थाबमोजिम भइरहेको छ। उपचार खर्चको आवश्यक भुक्तानी तथा सोधभर्नाको प्रक्रिया स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत अघि बढाइनेछ।

मन्त्री मेहताले थप उपचारका लागि भारत पठाउनुपर्ने केही घाइतेहरूको उपचार व्यवस्थापनका लागि समेत आवश्यक प्रक्रिया अघि बढिरहेको जानकारी दिएकी छन्। यसका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।

घाइतेहरूको स्वास्थ्योपचार र शीघ्र स्वास्थ्यलाभ सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै उनले आवश्यक उपचार, सहयोग र समन्वयमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले शान्तनु ढकालसहित उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जेनजी आन्दोलनका क्रममा उनीहरूले देखाएको साहसप्रति सम्मान व्यक्त गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!