Paywear Banner Desktop
Paywear Banner Desktop

गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका-१ ठाडोभर्‍याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो ।

अधिकारीहरूका अनुसार ठाडोभर्‍याङतर्फ ठूलो पहिरो खसेको छ भने यारुबगरको क्यान्टिलिभर पुल आसपास पनि पहिरो गएको छ । पहिरोले ठूलो क्षेत्र ओगटे पनि मानवीय तथा भौतिक क्षति भएको कुनै विवरण प्राप्त नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । ‘पहिरो गएको खबर आएको छ, तर अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन,’ उनले भने ।

यसअघि गत असोज २५ गते चुमनुब्री गाउँपालिका-६ उङ्गिलुङमा ठूलो सुख्खा पहिरो खसेपछि बुढीगण्डकीमा विनाशकारी बाढी आएको थियो । त्यसपछि कात्तिक १७ गते चुमनुब्री-५ मा सेराङ गुम्बा जाने बाटोमा र कात्तिक २० गते चुमनुब्री-१ साम्दो क्षेत्रमा पनि ठूलो सुख्खा पहिरो खसेको थियो ।

साम्दोमा खसेको पहिरोले बुढीगण्डकीको सहायक खोला थुनिएको थियो । गोरखाको उत्तरी क्षेत्रमा पछिल्लो समय लगातार सुख्खा पहिरो खस्न थालेपछि नदी आसपासका बस्ती र पूर्वाधारमा जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!