Paywear Banner Desktop
Paywear Banner Desktop

‘कोप-३१’ को साइडलाइनमा परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) को साइडलाइनमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो।

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार भेटमा मन्त्री खनालले हालै भोटेकोशी क्षेत्रमा आएको जलवायुजन्य बाढीपछि नेपालप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेकोमा महासचिव गुटेरेसलाई धन्यवाद दिएका थिए।

खनालले संयुक्त राष्ट्रसंघको नेतृत्व र बहुपक्षीयता प्रवर्द्धन, विश्वशान्ति, मानव मर्यादा तथा दिगो विकासका क्षेत्रमा महासचिव गुटेरेसको भूमिकाबारे पनि चर्चा गरेका थिए।

भेटमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख योगदानकर्ता राष्ट्रका रूपमा नेपालले विश्वशान्ति र स्थायित्वमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

दुई पक्षबीच नेपालको पुनःस्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहुप्रकोपीय पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि र जलवायु कार्यान्वयनलगायत क्षेत्रीय तथा विश्वव्यापी महत्वका विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!