काठमाडौं । ६४ औं मिस इन्टरनेसनलको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुन मिस नेपाल इन्टरनेसनल आर्या निशान्त जापान प्रस्थान गरेकी छन् ।
उनी सन् २०२६ को मिस नेपाल ब्याचबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने पहिलो विजयी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई द हिडन ट्रेजरका पदाधिकारीसहित मिस नेपाल वल्र्ड दीपमाला ढकाल र मिस नेपाल कस्मो कशिश सुब्बाले बिदाइ गरे ।
मिस इन्टरनेसनल २५ नोभेम्बरमा जापानको टोकियोस्थित कानादेविया हलमा हुँदैछ । आर्या निशान्तको कुरा गर्दा २४ वर्षिया यी सुन्दरी लगानी तथा वाणिज्य विषयकी विद्यार्थी हुन् ।
