काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला अभिनित फिल्म ‘छक्कापञ्जा ४’ युट्युबमा रिलिज भएको छ । तिहार भाइटीका अवसरमा यो फिल्म बुधबार बेलुका युट्युबमा सार्वजनिक भएको हो ।
हेमराज बिसी निर्देशित यो फिल्म बक्सअफिसमा हिट भएको थियो । लामो समयको प्रतीक्षापछि अन्ततः यो फिल्म युट्युबमा सार्वजनिक भएको हो ।
हलमा रिलिज नभएको यो फिल्म युट्युबमा आएपछि विशेषगरि विदेशमा बसोबास गरेका दर्शकलाई उपयुक्त तिहारको उपहार सावित भएको छ । यसवर्षको दशैंमा दीपक-दीपाले ‘छ माया छपक्कै २’ दर्शकमाझ ल्याएका थिए ।