काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खुल्ने परम्पराअनुसार बुधबार विभिन्न जातजाति तथा देशका स्वदेशी र विदेशीले भाइटीका लगाएका छन्।
दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले मन्दिरमा पुगेर टीका लगाई भाइटीका मनाएका छन्।




