Paywear Banner Desktop
Paywear Banner Desktop

भाइटीका अवसरमा बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

काठमाडौं । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूका लागि भाइटीकाको अवसरमा आज काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ।

वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू पूजा, दर्शन गरी टीका लगाउन पुग्ने गर्छन्।

ऐतिहासिक मान्यताअनुसार राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरी निर्माण गराएका थिए। पोखरीको बीचमा सोही समयमा बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो।

यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले पूजा, दर्शन र टीका लगाउने परम्परा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!