Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : पोखराको शानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सानदार पुनरागमन गरेको छ ।

आज भएको पहिलो खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले हरायो । पोखराको पाँच खेलमा यो पहिलो जित हो। यो जितबाट पोखराले दुई अंक समेत जोड्यो ।

कर्णाली भने आजको हारबाट सातौं स्थानमा झरेको छ । पाँच खेलमा कर्णालीले दुई मात्रै जितेको छ ।

जितका लागि पाएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भयो । जसमा पवन सराफले ३२,अरिफूल स्लामले २४,दिपक डुमेले २२ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।

पोखराका महदी हसनले ३, धनन्जय लक्षन,कुशल भुर्तेल र विपिन खत्रीले २र२ विकेट हात पारे ।

यसअघि कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन बनायो । यो प्रतियोगिताकै उच्च लक्ष्य हो ।

जसमा युवराज सामराले शतक र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । सामरा १०२ र भुर्तेल ६२ रनमा आउट भए । यी दुबै ब्याटरबीच १३६ रनको कीर्तिमानी साझेदारी भयो। यो जारी सिजनको उच्च साझेदारी हो । सामराको शतक पनि जारी सिजनको पहिलो शतक हो ।

कर्णालीका कप्तान सोमपाल कामीले २,मार्क वाटले १ विकेट लिए । आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!