Paywear Banner Desktop
Paywear Banner Desktop

तीर्थाटनका लागि पत्नीसहित भारत भ्रमणमा निस्किए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन् ।

लामिछानेको निजी सचिवालयका अनुसार उनी आज शुक्रबार बिहान पत्नी निकिता पौडेलसँगै त्यता जान लागेका हुन् । भ्रमणका क्रममा उनले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।

लामिछाने धनगढी हुँदै भारत जाने र तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किने सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!