Paywear Banner Desktop
Paywear Banner Desktop

युरोप अशान्त : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन, पेरिसमा एक हजार ८०० पक्राउ

पेरिस (एएफपी) । फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताएका छन् ।
प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।
सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
पेरिस, मार्से, लियोन, बोर्डो लगायतका फ्रान्सेली सहरमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । अमेरिका–इरान द्वन्द्वका कारण बढेको मुद्रास्फीतिको विरोधमा भएका ठूला प्रदर्शनका क्रममायी घटना भएका हुन्।
यसअघि फ्रान्सका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले कक्षाकोठाको दयनीय अवस्थाको विरोधमा चार सातासम्म प्रदर्शन गरेका थिए । तीमध्ये केही प्रदर्शनसमेत हिंसात्मक बनेका थिए ।
गृहमन्त्री नुनेजले शनिबार भएका प्रहरीसँगका झडप, सार्वजनिक भवनमा आगजनी तथा तोडफोड र पसलहरूमा भएको व्यापक लुटपाटका लागि ‘हजारौँ अति–वामपन्थी’व्यक्तिहरू जिम्मेवार रहेको आरोप लगाएका छन् ।
उनका अनुसार प्रदर्शनका क्रममा सम्पत्तिमा ठूलो क्षति पुगेको छ । विशेषगरी सयौँ पसल सञ्चालक प्रभावित भएका छन्।
प्रदर्शनका क्रममा करिब ५०० प्रहरी, अग्निनियन्त्रक तथा आकस्मिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी घाइते भएको पनि नुनेजले जानकारी दिए । घाइतेको सङ्ख्या अझै परिवर्तन हुनसक्ने उनले बताए ।
फ्रान्समा अराजकता र हिंसा फैलाउन खोज्नेहरूका अगाडि सरकार नझुक्ने स्पष्ट पार्दै नुनेजले कानुनविपरीतका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिने सङ्केत गरेका छन् ।
इटलीको मिलानमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले मिलानस्थित सिटी सेन्टरमा आगजनी गरेका छन् । त्यस्तै विभिन्‍न स्टोरहरुमा लुटपाट गरेका छन् ।
उता, बेल्जियमको राजधानी ब्रसेल्समा पनि विश्वविद्यालयको भर्ना शुल्कविरुद्ध केही सातायता विद्यार्थीहरु आन्दोलित थिए । पोर्चुगलमा पनि बढ्दो महँगी र आवासको संकटप्रति दशौं हजारले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी लिस्बनमा भेला भएर प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!