Paywear Banner Desktop
Paywear Banner Desktop

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले सन्न्यासको घोषणा गरेका छन्। कुनै समयका स्टार खेलाडी विमलले शनिार सामाजिक सञ्जालमार्फत खेलजीवन टुंग्याएको जानकारी दिएका हुन्।

बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा सहज नभएको विमलको भनाइ छ। मनदेखि राष्ट्रका लागि खेलेको भन्दै विमलले आफ्नो सबै थोक फुटबलमै दिएको उल्लेख गरे।

सन्न्यासको निर्णय लिँदा निकै भावुक भएको बताएका विमलले सबैलाई आफूले देखाएको विश्वास र मायाका लागि धन्यवाद दिएका छन्।

विमलले सन् २०१२ मा बंगलादेशविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। साफ च्याम्पियनसिपअन्तर्गत पाकिस्तानसँगको खेलमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गर्दै अन्तिम समयमा गोल गरेपछि विमल रातारात स्टार खेलाडी बनेका थिए।

उनले युरोपियन क्लबका लागि पनि ट्रायल दिएका थिए। तर चोट र नियमित प्रतियोगिता नहुँदा २९ वर्षका विमलले आफ्नो बुट थन्क्याउने निर्णय लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!