Paywear Banner Desktop
Paywear Banner Desktop

पाँचजना प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त)ले मंगलबार पाँच जना प्रस्तावित राजदूतको सुनुवाइ  गरेको छ ।
समिति सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमशः सरू जोशी (जर्मनी), सुरेशकुमार कर्ण (इजरायल) पदमाक्षी राणा (ओमान), सङ्गम श्रेष्ठ (दक्षिण कोरिया) र प्राप्ति शेरचन (स्पेन) को सुनुवाइ गरेको हो ।
बैठकमा प्रस्तावित राजदूतले आ-आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।
समितिको बुधबार हुने बैठकमा प्रस्तावित अन्य राजदूतको सुनुवाइ हुनेछ । साथै, बैठकले सबै १३ जना प्रस्तावित व्यक्तिलाई अनुमोदन गरी नियुक्तिका निम्ति सिफारिस गर्ने सम्भावना छ ।
मन्त्रिपरिषद्को यही असोज २ गतेको बैठकले १३ मुलुकका लागि राजदूत सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!