Paywear Banner Desktop
Paywear Banner Desktop

भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आज

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज संसदीय सुनुवाइ गर्दैछ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९स्१५ बजे सुरु हुने समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने कार्यसूची तय गरिएको छ ।

बैठकमा भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित चिरनजङ्ग थापा र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित पूर्वप्रधानसेनापति गौरव शमशेर जबरालाई आमन्त्रण गरी सुनुवाइ गरिनेछ ।

प्रस्तावित राजदूतहरूको सुनुवाइ अघि समितिले उनीहरूविरुद्ध परेका उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई बोलाएर छलफल गर्ने भएको छ । उजुरीकर्ताहरूसँगको छलफल सकिएपछि प्रस्तावित व्यक्तिहरूको कार्ययोजना र योग्यतासम्बन्धी सुनुवाइ अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!