Paywear Banner Desktop
Paywear Banner Desktop

कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई। मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन् ।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन् ।

उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारीलाई सर्वाधिक मत

उपसभापति खुलातर्फको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । विजयी भएका ई। मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित

उपसभापति समावेशीतर्फको एक पदमा बिनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन् ।

यसैगरी, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी

महामन्त्री खुलातर्फको मतगणनामा प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजय हासिल गरेका छन् ।

अन्य उम्मेदवारमध्ये डा। सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

महिला महामन्त्रीमा डा. डिला संग्रौला विजयी

महिला महामन्त्रीतर्फको एक पदमा डा। डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ९डिना० ले २ हजार ८६४ मत प्राप्त गरेकी छन्। त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!