Paywear Banner Desktop
Paywear Banner Desktop

ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र (तस्वीर)

धादिङ । बुधबार बिहान भोटेकोशी हुँदै त्रिशूली नदीका किनाराका बस्तीहरू सामान्य दैनिकीमा चलिरहेका थिए । अचानक आएको बाढीले केही सेकेन्डमै दशकौं(दशक लागेर बनेका संरचना तहसनहस भए । बस्तीहरू बगाए । जनधनको बेहिसाब क्षति भयो ।

बाढी आएको केही घन्टापछि ड्रोनबाट बाढी प्रभावित क्षेत्र नियाल्दा सबै चीज तहसनहस देखिए ।

खोलाको सतहदेखि २७० फिट माथिसम्मका बस्तीहरुमा बाढी पसेको छ । घरहरू सग्लो छैन । कतिलाई बगायो थाहा छैन । बाँचेकाहरू माथिमाथि डाँडामा पुगेका छन्, आश्रय लिन ।

कोही बाढी पसेको घरकै छतबाट उद्धारको याचाना गरिरहेका छन् । धेरै नागरिक अझैं उद्धारको प्रतीक्षामा छन् उनीहरू । आकाशमा हेलिकप्टर उडिरहेको छ ।

यो दृश्य हो, रसुवागढी नाकादेखि नुवाकोटको बिदुरसम्मको । आज बिहान आएको बाढीले त्यसक्षेत्रमा धनजनको क्षति भएको छ । उद्धारका लागि सेना, नेपाल प्रहारी, सशस्त्र प्रहरीको टोली खटेको छ । तर रसुवा नुवाकोट धादिङका धेरै क्षेत्र प्रभावित भएकाले उद्धारमा कठिनाइ भएको छ ।

बाढी प्रभावित क्षेत्र टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेसी, बेत्रावती क्षेत्रमा पुग्दा बस्तीहरू खण्डहर देखिन्छन् । हाइड्रोपावर बगाएको छ । भन्सार कार्यालयको नामोनिसान छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!